जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर

पाेखरा | साउन २५, २०८०

जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर फाइल तस्बिर

पोखराः पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

 

इन्सटिच्युटका सञ्चालक किसानले सुनारले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । उनका अनुसार जापानमा नेपाली विद्यार्थीहरुलाई जापनिज भाषा अध्ययन तथा नर्सिङ केयर गिभरमा अध्ययनका लागी विद्यार्थीहरुलाई एक जना बराबर ३० लाखको छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिए ।  


सञ्चालक सुनारका अनुसार इन्टरनेशनल जापान स्थीत जापनीज स्कुल तथा कलेज, इसिन नागाओका जापनीज ल्याङगोज स्कुल र टोवामा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् । 


विगत छवर्षदेखि जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सच्यिुटले यस वर्ष नर्सिङ केयर गिभरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३० लाख बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

 


छात्रवृत्ति प्राप्त गर्नका लागि १२ कक्षा उतिर्ण हुनुपर्ने, जापनिज भाषा तथा संस्कृतिकमा एन फाइभ लेबलको भाषा पास हुनुपर्ने र महिलाहरुलाई  बढी प्राथमिकता दिएको इन्सटिच्युटले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्न पोखरा पृथ्वीचोक स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर विद्यार्थीहरुले आवेदन दिन सकिने जानकारी दिएको छ । 


 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्